रास्वपाको सार्वजनिक मामिला विभाग प्रदेश उपप्रमुखमा बैतडीका विशाल नियुक्त
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सार्वजनिक मामिला विभाग सुदूरपश्चिम उपप्रमुखमा बैतडीका विशाल भट्ट नियुक्त भएका छन् ।
रास्वपाका सुदूरपश्चिम सभापति इन्जिनियर प्रकाश बिष्टले भट्टलाई सार्वजनिक मामिला विभाग उपप्रमुखमा नियुक्त गरेका हुन् । उपप्रमुखमा नियुक्त भट्टलाई पार्टीको विधि, विधान, सिद्धान्त, कार्यविधि र नियमावली अनुसार काम गर्न आग्रह गरिएको छ ।
पार्टीको सुदूरपश्चिम सार्वजनिक मामिला विभागमा नियुक्त भएका भट्टले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने बताए । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका भट्ट पछिल्लो समयमा रास्वपामा आवद्ध भएका हुन् । राजनीतिमार्फत समाज सुधारको अभियानमा लागेको उनले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३ ०७:३६
प्रतिक्रिया दिनुहोस्





