Sagun Khabar
पाटन–८ पूर्ण खोप सुनिश्चित वडा घोषणा 

बैतडी –बैतडीको पाटन नगरपालिका–८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । 

वडाभरीका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएको एकीन भएपछि शनिबार एक कार्यक्रमकाबीच वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले जानकारी दिए । 

जन्मेदेखि १५ महिनासम्मका ४१ जना र १६ देखि ५९ महिना सम्मका २ सय ६ जनाले खोप लगाएको उनले बताए । 

बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार बीसीजी, पोलियो, पेन्टाभ्यालेन्ट, पीसीभी, रोटा, एफआईपीभी, एमआर तथा जेई लगायतका खोप पाएको सुनिश्चित भएपछि हरेक बर्ष पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको छ । 

पूर्ण खोप अभियानमा सक्रियताका साथ काम गरेको भन्दै ७ जना महिला स्वास्थ्य स्वयंसेविका, पाँच जना खोप कार्यकर्ता र एकजना खोप ढुवानी गर्ने कर्मचारीलाई सम्मान गरिएको सिद्धेश्वर स्वास्थ्यचौकीले जनाएको छ । 

पूर्ण खोप सुनिश्चित वडा घोषणाका लागि सहयोग गर्ने सबैलाई वडा खोप समन्वय समितिका अध्यक्ष एवं पाटन–८ का वडा अध्यक्ष हरिश बिष्टले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update