Sagun Khabar
चुरे गाउँपालिका पुर्णखोप पालिका सुनिश्चित तथा दिगोपना घोषणा

बैतडी - कैलालीको चुरे गाउँपालिकाले पुर्णखोप पालिका सुनिश्चित तथा दिगोपना घोषणा गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ का लागि चुरे गाँउपालिकाको नियमित कार्यक्रम बमोजिम ५९ महिना सम्मका सम्पुर्ण १४५२ जना बालबालिकाहरुको पुर्णखोप घरधुरी सर्वेक्षण गरिएको पालिकाले जानकारी दिएको छ।

कुल १ हजार ४५२ जना मध्ये १५ महिना मुनिका ३८८ जनाले नियमित खोप प्राप्त गरिरहेको र १६ देखि ५९ महिना उमेर सम्मका जम्मा १०६४ जना बालबालिकाले १५ महिना भित्र पाउनुपर्ने सम्पुर्ण खोपहरु प्राप्त गरेको पालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बिक्रम बहादुर बोहराले जानकारी दिए। 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update