बैतडी–बैतडीको पाटन नगरपालिका–४ जेउडेस्थित दलित मसानी आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ । मंगलबार भएको अभिभावक भेलाले वसन्ती लावडको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
उक्त समितिको सदस्यमा रतन लावड,पार्वती लावड र काले लावड चयन भएका छन् । यस्तै देवकी लावडको अध्यक्षतमा शिक्षक अभिभावक संघ समेत गठन गरिएको जनाइएको छ ।
अधिकांश दलित समुदायका बालबालिकाहरु अध्ययन गर्ने उक्त विद्यालय पछिल्लो समयमा सुधार हुँदै गएको स्थानीय समेत रहेका उपप्राध्यापक मानबहादुर चन्दले बताए ।
स्थानीय अभिभावकहरुको सक्रियतामा दलित मसानी आधारभूत विद्यालय सुधार हुँदै गएको उनले बताए । विद्यालयमा पछिल्लो समयमा विद्यार्थीको संख्या समेत बढ्दै गएको छ ।
नयाँ गठन भएको विद्यालय व्यवस्थापन समितिले विद्यालयले नमूना बनाउने लक्ष्य लिएको जनाएको छ । विद्यालयमा भौतिक सुधार,शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।





