Sagun Khabar
सिद्धेश्वर मावि हुक्केडाँडाको विव्यस अध्यक्षमा पुनः भाट चयन 

बैतडी –बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुनः प्रेमसिंह भाट चयन भएका छन् । विद्यालयमा शनिबार आयोजना गरिएको अभिभावक भेलाले फेरि भाटकै अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति पुनगर्ठन गरेको हो । 

भाट लगातर छैटौं पटक सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका विद्यालयका प्रधानाध्यापक प्रकाशसिंह महराले बताए । २०७२ सालमा पहिलो पटक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका भाट त्यसयता लगातार रुपमा विद्यालयको नेतृत्व गरिरहेका छन् । 

शिक्षा ऐनमा गरिएको पछिल्लो संशोधन अनुसार विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको हो । 

यस्तै उक्त समितिको सदस्यमा पार्वती भाट, जयन्ती महरा र चन्द्रसिंह महरा चयन भएका समितिका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक प्रकाशसिंह महराले बताए । 

वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयमा हाल १९८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । 

यसैबीच विद्यालयको समग्र विकास तथा व्यवस्थापनमा आवश्यक सुझाव प्रदान गर्ने उद्देश्यले पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटको अध्यक्षतामा एक सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिमा वडा नं. ८ का वडा सदस्य कृष्णसिंह महरा र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णसिंह महरा सदस्य रहेका छन् । 

प्रेमसिंह भाटको नेतृत्वमा विद्यालयले शैक्षिक, भौतिक र व्यवस्थापकीय क्षेत्रमा उत्कृष्टता हासिल गरेकाले फेरि भाटलाई नै अध्यक्षमा चयन गरेको अभिभावक रामसिंह महराले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update