Sagun Khabar
मिर्गौलाको क्यान्सरबाट थलिएका २ वर्षीय बालक अभिषेकको उपचारमा आर्थिक अभाव

बैतडी - बैतडीको पाटन नगरपालिका ०३, दम्मोरा स्थित मदनराज पन्तका २ वर्षीय छोरा अभिषेक पन्त मिर्गौलाको क्यान्सरबाट थलिएपछी उपचारमा आर्थिक अभाव भएको छ । काठमाडौंको कान्ति बाल अस्पतालमा उपचाररत अभिषेक पन्तको उपचारमा आर्थिक अभाव भएपछी परिवारले आर्थिक सहयोगको अपील गरेका छन ।

कान्ति बाल अस्पताल, महाराजगञ्जले यहि असार २ गते जारी गरेको सिफारिसपत्रअनुसार बैतडी जिल्लाको पाटन नगरपालिका ०३ स्थित  मदनराज पन्त का २ वर्षीय छोरा अभिषेक पन्तको स्वास्थ्य परीक्षणका क्रममा मृगौलाको क्यान्सर देखिएको उल्लेख गरिएको छ। अस्पतालले सम्बन्धित निकायमा आवश्यक कागजात उपलब्ध गराई उपचारका लागि सिफारिस गरेको जनाएको छ।

उपचारत बालकका परिवारले उपचारका लागि सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, सामाजिक संघसंस्था, परोपकारी व्यक्ति तथा सहयोगी मनहरूलाई सहयोग गरिदिन अपिल गरेका छन्। यस्तै पाटन नगरपालिकाले समेत  बालकको जीवनरक्षाका लागि आवश्यक सहयोग जुटाउन सबै पक्षसँग आग्रह गर्दै उपचारमा सहुलियत सेवा प्रदान गर्न सिफारिस गरेको छ ।

लामो समयसम्म उपचार गर्नु पर्ने भएपछि परिवारको आर्थिक स्थिति कमजोर भएका कारण सबैलाई सहयोग गर्न उपचारत अभिषेकका बाबा मदन राज पन्तले अनुरोध गरेका छन । सहयोग गर्न चाहने सहयोगी मनले Or code मार्फत अथवा मदन राज पन्त नामको ग्लोब्ल आइएमई बैंकको खाता नम्बर ०३१०७०१०१५३८१२ मा रकम जम्मा गर्न सक्नु हुनेछ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update