Sagun Khabar
बुवाको बार्षिक पूण्य तिथीमा मानव सेवा आश्रममा भोजन दान 

बैतडी–पत्रकार ऋतु ओझाले आफ्ना बुवाको बार्षिक पूण्य तिथीमा मानव सेवा आश्रममा भोजन दान गरेकी छन् । 

कैलालीको धनगढी–५ तारानगरस्थित मानव सेवा आश्रममा पुगेर आज उनले आश्रममा रहेका व्यक्तिहरुलाई खीर र तरकारी खुवाएकी हुन् । 

पत्रकार ओझाका बुवा शिवदत्त कलौनीको २०८२ को असार १२ मा निधन भएको थियो । आफ्नो पारिवारिक तथा व्यक्तिगत कारणले बार्षिक पूण्य तिथीमा बैतडी आउन नपाएको र आश्रममा पुगेर भोजन दान गरेको ओझाले बताइन् । 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update