Sagun Khabar
बैतडीमा मेला हेर्न निःशुल्क बस सेवा

बैतडी - बैतडीको त्रिपुरासुन्दरीमा लाग्ने मेलाका लागि यहाँका एक स्थानीय युवाले निःशुल्क बस र हाइस सञ्चालन गरेका छन्।

दशरथचन्द नगरपालिका–४ भट्टीगाउँ बस्ने युवा एसपी भट्टले साउन ७ गते दिनभरीका लागि सु.प.प्र ०१००१ ख ३८७९ नम्बरको बस र सु.प.प्र ०२००१ज ५३४ नम्बरको हाइस निःशुल्क सञ्चालन गरेका हुन्। उनले सतबाँझ, देहिमाण्डौं, जोशीबुङ्गा, गोठालापानी हुँदै त्रिपुरासुन्दरी र झुलाघाँटबाट त्रिपुरासुन्दरी हुँदै गोठालापानी, देहिमाण्डौं, सतबाँझसम्म निःशुल्क यातायात सञ्चालन गरेको बताए।

३० बर्षीय समाजसेवी युवा भट्ट भक्तजनहरुलाई सहज होस भनेर निःशुल्क बस र हाइस सञ्चालन गरेको बताए। धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै गरिएको यो पहलको स्थानीयवासी र दर्शनार्थीहरुले प्रशंसा गरेका छन ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update