Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख चन्दद्वरा विपन्न विद्यार्थीलाइ आर्थिक सहयोग

बैतडी-  बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले आफ्नो सेवा,सुविधा बाफतको रकम विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरेकी छन् ।

उपप्रमुख चन्दले सोमबार नगरपालिका भित्रका ११ जना विपन्न विद्यार्थीहरुलाइ रु ५० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको बताइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका स्थित यसोदा कोलि, बिरेन्द्र चन्द, गोमती बडु, बिपना भट्ट, मुकेश ओझा, मुकेश थापा, डम्बर सिह थापा, बिक्रम चुनारा, बिनोद महर, हेमन्ती जोशी र लोकेन्द्र सिह थापालाई आर्थिक सहयोग गरिएको उपप्रमुख चन्दले बताइन् ।

उपप्रमुख चन्दले गत बर्ष पनि पाँच जना विद्यार्थीहरुलाइ रु ६० हजारका दरले सहयोग गर्नु भएको थियो । गत आर्थिक वर्षमा  सहयोग पाउनेहरुमा निशा दमाई, जोति थापा, सपना दमाई, रबिना थापा र दिपा रावल रहेका थिए । विपन्न समुदायबाट प्राविधिक बिषय पढ्ने छात्र छात्रालाइ अघामी दिनमा पनि सहयोग गर्ने उनले बताइन् ।

राजनीति पेसाका लागि नभएर सेवाका लागि गर्नु पर्ने बताउदै आफु पदमा भए, नभए पनि सक्दो सहयोग सधै गरिरहने उपप्रमुख चन्दले बताउनुभयो । उपप्रमुख चन्दले निर्वाचित भएदेखि नगरपालिकाको काममा समेत आफ्नै निजी सवारी साधन प्रयोग गरिरहनुभएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update