बैतडी –बैतडीको सुर्नया गाउँपालिका–४ स्थित राष्ट्रिय मावि फाटीगडाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नरबहादुर भाट चयन भएका छन् ।
बिहीबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले भाटको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
उक्त समितिको सदस्यमा गौरी कुँवर, लालमती महरा र गोपी लुहार चयन भएका छन् । यस्तै शिक्षक प्रतिनिधि सदस्यमा सरस्वती चन्द रहेका समितिका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक धनसिंह भण्डारीले बताए ।
शिक्षा नियमावलीको दशौं संशोधन र सुर्नया गाउँपालिका शिक्षा शाखाको परिपत्र अनुसार विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष भाटले विद्यालयको शैक्षिक तथा समग्र विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अभिभावक, शिक्षक तथा सरोकारवालाबाट प्राप्त सुझाव–सल्लाहलाई आत्मसात् गर्दै सहकार्यका साथ अघि बढ्ने बताए ।




