देउवा पक्षीय कांग्रेसको दशरथचन्द नगर सभापतिमा गणेशबहादुर टेर
बैतडी–नेपाली कांग्रेसको देउवा समूहले बैतडीको दशरथचन्द नगरपालिकाको नगर सभापतिमा गणेशबहादुर टेरलाई चयन गरेको छ ।
शुक्रबार सम्पन्न भएको नगर अधिवेशनले टेरको सभापतित्वमा निर्विरोध नगर कार्यसमिति चयन गरेको अधिवेशन आयोजक समितिका दशरथचन्द संयोजक लालबहादुर चन्दले जानकारी दिए ।
उक्त समितिको उपसभापतिमा हरिश बडू र सुरेन्द्रप्रसाद जोशी, सचिवमा घनश्याम भट्ट र मनिषा बोगटी, सहसचिवमा ममता औजी र चुडामणी जोशी लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
संस्थापन पक्षले यसअघि नै वडा, पालिका र क्षेत्रीय अधिवेशन गरिसकेको भएपनि इतर समूहले समानान्तर रुपमा समिति गठन गरिरहेको हो ।
बैतडीका १० ओटा स्थानीय तहमध्ये ९ ओटामा नयाँ समिति चयन गरिसकेको अधिवेशन आयोजक समितिका बैतडी संयोजक बिरबहादुर बिष्टले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३ १७:१७
प्रतिक्रिया दिनुहोस्




