Sagun Khabar
विश्व हुलाक दिवस : बैतडीमा उत्कृष्ट कर्मचारी सम्मानित 

बैतडी–बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व हुलाक दिवस मनाइएको छ । 

शुक्रबार जिल्ला हुलाक कार्यालयले सरसफाइ, दीप प्रज्वलन लगायतका कार्यक्रम गरेर १ सय ५२ औं विश्व हुलाक दिवस मनाएको जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाशसिंह कार्कीले बताए । 

विश्व हुलाक दिवसको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई नगदसहित सम्मान समेत गरिएको छ । जिल्ला हुलाक कार्यालयमा कार्यरत खरीदार कमला जोशीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको कार्कीले बताए । 

यस्तै पालिका हुलाक कार्यालय पाटनमा कार्यरत हल्कारा हरिदत्त अवस्थीलाई पनि सम्मान गरिएको छ । लामो समय हुलाक कार्यालयमा सेवा गरेकाले दोसल्ला र सम्मानपत्रसहित अवस्थीलाई सम्मान गरिएको कार्कीले बताए । अवस्थीले ३९ बर्ष ७ महिना १२ दिन हुलाक कार्यालयमार्फत सेवा दिएकाले सम्मान गरिएको हो । 
 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update