Sagun Khabar
गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

बैतडी–बैतडीको पाटन नगरपालिकाका तीनओटा विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

बालविवाह रोकथाम र किशोरकिशोरीको क्षमता अभिवृद्धिको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघले विद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो । 

कृष्ण मावि पाटनका ६ जना, सिद्धनाथ मावि सिलङ्गाका पाँच जना र सरस्वती आधारभूत विद्यालय पन्त्यौडाका एक जना गरेर १२ जनालाई शैक्षिक सामग्री वितरण गरिएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई पठनपाठन कार्यमा सहयोग पुगोस भनेर शैक्षिक सामग्री वितरण गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए । 

सम्बन्धित विद्यालयहरुले गरीब तथा जेहेन्दार विद्यार्थीहरु छनौट गरेको र उनीहरुलाई शैक्षिक सामग्री वितरण गरेको भट्टले बताइन् । 

प्रति विद्यार्थी एक झोला, एक दर्जन कापी, एक दर्जन कलम,एक थान क्यालकुलेटर, एक थान ज्यामिति बक्स, एक छाता लगायतका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक भट्टले बताइन् । 

पाटनमा शनिबार एक कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 
 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update