भूमिहीनका समस्या सुन्न बस्तीमै पुगिन् मन्त्री रावलः दिइन् छिट्टै लालपुर्जा बाँड्ने आश्वासन
झापा—भूमि व्यवस्था, सहकारी, तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाका अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन । मन्त्री रावल स्वयं भूमिहीनका बस्तीमै पुगेर उनीहरूका समस्या, गुनासा र अपेक्षाहरू सुनिरहेकी छन ।
भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकहरूलाई लालपुर्जा वितरण गर्ने कार्यलाई प्राथमिकताका साथ तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेकी छन । समस्या समाधानका लागि मन्त्रालयले गरिरहेका प्रयास र आगामी कार्ययोजनाबारे स्थानीयलाई जानकारी गराउँदै उनले नागरिकसँगको प्रत्यक्ष संवादले समस्या समाधानमा थप बल पुग्ने बताईन ।
नागरिकका गुनासा सुनेर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासँगै मन्त्री रावलको झापा भ्रमणसमेत सम्पन्न भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३ १०:३३
प्रतिक्रिया दिनुहोस्




