Sagun Khabar
रोमाञ्चक खेलमा विराटनगर २ रनले विजयी

तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्विरुद्ध  विराटनगर किंग्सले जित निकालेको छ।

रोमाञ्चक खेलमा विराटनगर २ रनले विजयी भएको हो। विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा समेटियो। विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे। ओपनर सेहान जयसुरिया तीन बलमा मात्र एक रन जोडेर पेभेलियन फर्किँदा लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतक बनाएका थिए।

बमले ४० बलमा ५०, शेखले ४५ बलमा ५६ र रसेलले २९ बलमा अविजित ५२ रनको योगदान गरे। बमले तीन चौका र तीन छक्का, शेखले पाँच चौका र दुई छक्का तथा रसेलले दुई चौका र पाँच छक्का प्रहार गरे। शुभम रन्जनेले  पाँच बलमा अविजित सात रन बनाए।

पहिले बलिङ गर्ने निर्णय गरेको जनकपुरका लागि अभिशेख तिवारीले दुई तथा मोइन अलिले एक विकेट निकाल्दा अन्य खेलाडी विकेटविहीन रहे। बलिङमा जनकपुर जेम्स निसम महँगो सावित भए। उनले मात्र दुई ओभरमा २८ रन खर्चिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update