डडेल्धुरामा १५ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ
डडेल्धुरा –डडेल्धुरामा १५ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका–१२ खजुरानी बस्ने ३० वर्षीय योगेन्द्र बोहोरा रहेका छन् ।
बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुडा, डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बिहिबार बेलुकी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३ १५:१४
प्रतिक्रिया दिनुहोस्




