बैतडी–बैतडीको पाटन नगरपालिकाले युवा सम्मेलन तथा नमूना युवा नगर सभा सञ्चालन गर्ने भएको छ । आगामी मंसिर १ देखि ३ गतेसम्म नगर सभा हलमा कार्यक्रम सञ्चालनको तयारी भएको छ ।
युवाहरुको क्षमता अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने लगायतका उद्देश्य राखेर युवा सम्मेलन तथा नमूना युवा नगर सभा सञ्चालनको तयारी भएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिश बिष्टले जानकारी दिए ।
नमूना युवा नगर सभामा नगरपालिकाका १० ओटै वडाबाट युवाहरुको सहभागिता गराइने नगरपालिकाका रोजगार शाखा प्रमुख खेमराज अवस्थीले बताए ।
प्रत्येक वडाबाट कम्तीमा ६ जनाका दरले युवाहरुलाई नमूना युवा नगर सभामा सहभागी गराइने अवस्थीले बताए ।
नगर युवा सञ्जालमार्फत युवाहरुको सहभागिता सुनिश्चित गरिने उनले बताए ।
युवा सम्मेलन तथा नमूना युवा नगर सभा सञ्चालनका लागि नगरपालिकाले नगर युवा सञ्जाल, पिसवीन, परोपकार ग्रामीण विकास संघ लगायतका संघसंस्थाहरुसँग सहकार्य गरेको बताइएको छ ।




