भारतमा गाडीको ठक्करबाट घाइते भएका बैतडीका प्रेमको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

बैतडी–भारतमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैतडीका पे्रम कोलीको उपचारमा आर्थिक समस्या भएको छ । पाटन नगरपालिका–३ गुजर घर भएका कोलीलाई कार्तिक २२ गते लक्ष्मी पूजाका दिन गाडीले ठक्कर दिएको थियो । 

रोजगारीको सिलसिलामा भारतमा रहेका कोलीलाई अज्ञात गाडीले ठक्कर दिएर फरार भएको थियो । दुर्घटनापछि बेहोस अवस्थामा रहेका कोलीलाई स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका थिए ।
साँझ पसलको काम सकेर स्कुटरमा कोठामा फर्किँदै गरेका कोलीलाई ठक्कर दिएको बताइएको छ । 

घटनाबारे परिवारलाई खबर गरेपछि उनका भाइ, बुहारी र छोरी अस्पताल पुगेका थिए । शुरुमा स्थानीय अस्पतालमा पु¥याइएका उनलाई चोट गम्भीर रहेको भन्दै थप उपचारका लागि राजेन्द्र अस्पताल गोविन्दगढमा रिफर गरिएको परिवारले जनाएको छ ।

कोलीको टाउको र छातीमा गम्भीर चोट लागेको बताइएको छ । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।

भारतको गोविन्दगढमा सानो फलफूल पसल सञ्चालन गरेर घरपरिवारको गर्जो टारीरहेका कोलीलाई गाडीले ठक्कर दिएपछि समस्या भएको छ । उनी परिवारसहित गोविन्दगढमा बस्दै आएका छन् । 
कोली दुर्घटनामा घाइते भएसँगै परिवार आर्थिक संकटमा फसेको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाइ भइरहेको भन्दै आफन्तले उनको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् ।

उनका भाइ पदम कोलीले भारतबाट र परिवारका अन्य सदस्यले नेपालबाट आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई सक्दो आर्थिक सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।

सहयोगका लागि सम्पर्क –रमेश कोली, मोबाइल नम्बर –९८४८८३५८००

qr-1794371091.jpg
qr-Nepal-1794371091.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update