बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

बैतडी–बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–३ चमडीया बस्ने २७ वर्षीय लोकेश ऐरी पक्राउ परेका प्रहरीले जनाएको छ । 

ऐरीले आफ्नै घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट सतबाँज, बैतडीबाट खटिएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा उक्त बन्दुक फेला पारी बन्दुकसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिए । 

पक्राउ परेका ऐरीमाथि अनुसन्धान भइरहेको छ । 

यसअघि शुक्रबार राति सशस्त्र प्रहरीले दशरथचन्द नगरपालिका–९ स्थित ग्वाल्लेक सामुदायिक वन  क्षेत्रबाट बेवारिसे भरुवा बन्दुक बरामद गरेको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update