बैतडीको शिवनाथमा रास्वपाको पार्टी कार्यालय उद्दघाटन
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको शिवनाथमा पार्टीको कार्यालय उद्दघाटन गरेको छ । गाउँपालिकाको वडा नं ३ साउगडामा पार्टीको पालिका कार्यालय उद्दघाटन गरेको रास्वपाका सुदूरपश्चिम उपसभापति भोजराज जोशीले बताए ।
शनिबार सम्पन्न गरिएको पार्टी कार्यालय उद्दघाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ४० जनाले रास्वपामा प्रवेश गरेको जोशीले बताए । स्थानीय तहको निर्वाचनको चर्चा चलिरहेका बेला सत्तारुढ रास्वपाले पालिका केन्द्रित गतिविधिलाई अगाडि बढाएको छ ।
पार्टी कार्यालय उद्दघाटन कार्यक्रममा सुदूरपश्चिम उपसभापति जोशीका साथै जिल्ला सभापति भीम नाथ, पालिका सभापति, युवा नेता विशाल भट्ट, जितेन्द्र महता लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३ ०८:२९
प्रतिक्रिया दिनुहोस्




