Sagun Khabar
बैतडीका ब्याडमिन्टन खेलाडीलाई भारतमा उपाधि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीका २ ब्याडमिन्टन खेलाडीले भारतीय प्रतियोगिता जितेका छन् । भारतको उत्तराखण्डस्थित पिथौरागढमा सम्पन्न ब्याड्मिन्टन टुर्नामेन्टको चौथो संस्करणको उपाधि बैतडीका सुरेन्द्र कार्की र महेश भट्टले हात पारेका हुन् ।

कार्की नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, अत्तरियामा कार्यरत छन् भने भट्ट पाटन नगरपालिकामा कार्यरत छन् । 
उनीहरुले फाइनलमा भारतीय खेलाडी भरत देउपा र शेखर पुनेडाको जोडीलाई पराजित गरेका थिए । प्रतियोगिताको ‘३५ प्लस मार्टर्स’ समूहमा नपाली खेलाडी कार्की र भट्टले २१–१६ र २१–९ को सोझो सेटमा भारतीय खेलाडीलाई पराजित गरेका थिए । 

अक्टुबर २३, २४ र २५ गतेसम्म चलेको ब्याड्मिन्टनमा मोहित भण्डारी, कैलास थापा, आनन्द थापा र सन्तोष कनौजिया सेमी फाइनलबाट बाहिरिएका थिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update