Sagun Khabar
पन्ज्युनयाँ टि–२० क्रिकेट कप : सुशितम युवा क्लब सेमीफाइनलमा प्रवेश 

बैतडी –गोपाल कार्कीको उत्कृष्ट अलराउण्डर प्रदर्शनले आयोजक सुशितम युवा क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आज सम्पन्न खेलमा सुशितमले कैलपाल क्रिकेट क्लब,जर्गलाई ७ विकेटले हराएको हो ।

सुशितम लगातार चौथो खेल जित्दै अन्तिम चारमा सुरक्षित हुने पहिलो टोली समेत बनेको छ । कैलपालले दिएको ३८ रनको झिनो लक्ष्य सुशितमले ३ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सुशितमको जितमा गोपाल कार्कीले सर्वाधिक ९ रन बनाए । कैलपालका हरिस कार्कीले १ विकेट झारे भने अन्य दुई ब्याट्सम्यान रन आउट भए ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसअघि दोगडाकेदार गाउँपालिका ६ स्थित पन्ज्यु्नयाँ खेलमैदानमा टस जितेर पहिला ब्याटिङ कैलपाल १० दशमलव ४ ओभरमा ३७ रनमा सिमित रह्यो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कैलपालको पारी ध्वस्त पार्ने क्रममा सुशितमका बलर गोपाल कार्कीले ३ ओभर बलिङ गर्दै ५ रन खर्चेर ३ विकेट हात पारे । गोपाल खेलका म्यान अफ द म्याच समेत चुनिए ।

यस्तै आजै भएका अन्य ३ खेलहरु पनि सम्पन्न भएका छन् । गोकुलेश्वर स्टार क्लब,चौसेरा र बाशुलिंग क्रिकेट क्लबबीच भएको खेलमा चौसेरा १६ रनले विजयी भएको छ । चौसेराको जितमा ५२ रन हिर्काएका अशोक नाथ म्यान अफ द म्याच भए । बस्कोट सुपर किंग्स र भुमिराज युवा क्लबबीच भएको खेलमा भूमिराज ४ विकेटले विजयी भएको छ । भुमिराजको जितमा २ विकेट र ३९ रन बनाएका मनोज कार्की म्यान अफ द म्याच चुनिए ।

बाशुलिंग र गोकुलभूमीबिच भएको अन्तिम खेलमा गोकुलभूमी विजयी भएको छ । गोकुलभूमीका लागि ३ विकेट लिएका रुद्र विष्ट म्यान अफ द म्याच भएका सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिए ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरि १२ टोली सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैंया पुरस्कार पाउने सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिए ।

यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैंया पाउनेछन् । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update