Sagun Khabar
उपमेयर कपः देहिमाडौं र थालिगडा फाइनलमा प्रवेश
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि साविक विजेता दनपा २ देहिमाडौं र दनपा ६ थालिगडा भिड्ने भएका छन् ।  
आइतबार भएको खेलमा देहिमाडौंले साविक उपविजेता दनपा ४ खलंगालाई ६ विकेटले पाखा लगाउदैं उपाधिका लागि थालिगडासंगको भेट पक्का गरेको हो । यसअघि दनपा ५ दशरथचन्दलाई ७७ रनले हराउदै दनपा ६ थालिगडा फाइनलमा पुगिसकेको छ ।  
सेमिफाइनल खेलमा खलंगाले दिएको १ सय ६ रनको लक्ष्य देहिमाडौंले १९ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो ।  जसमा पिंकी बोहरा र मनिषा बोहराले  २६÷२६ रनको योगदान गरे । खलंगाका रितु कनौजियाले २ विकेट लिईन् । 
त्यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा पहिला ब्याटिंग गरेको खलंगाले १९ ओभरमा १ सय  ५ रन बनायो । जसमा गोमती भट्टले २१ र रितु कनौजियाले १२ रन बनाए । देहिमाडौंका बसन्ती बोहराले ३ र मनिषा बोहराले २ विकेट हात पारिन । मनिषा ओम्यान अफ द म्याच चुनिएकी छन् ।
फाइनल खेल चैत १० गते हुने स्कोरर खेमराज भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगरक्रिकेट समितिको आयोजनामा चैत ३ गतेदेखि सुरु भएको  प्रतियोगितामा ७ टोली सहभागी थिए । 
उपाधि विजेताले   ४५ हजार र उपविजेताले   ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताउनुभयो ।  

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update