Sagun Khabar
बैतडीमा यु –१९ क्रिकेट टोली छनौट 

बैतडी –आगामी मंसिरमा आयोजना हुने वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघले आइतबार आइतबार छनोट क्याम्प सञ्चालन गरेर खेलाडी छनोट गरेको हो । 

खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताए । टोलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनील चन्द, वीरेन्द्र नाथ, श्याम साउँद, नरेन भट्ट, भुपेन्द्र चन्द, वीरेन्द्र चन्द, हेमन्त चन्द, विशाल चन्द, निरज रावल र सुरेन्द्र ऐरी रहेका छन् । 

यस्तै धीरज मल्ल, सन्तोष चन्द, दीपेन्द्र भण्डारी र जीवन चन्द वैकल्पिक खेलाडीको रुपमा छनोट भएका अध्यक्ष चन्दले बताए । 
यस्तै प्रशिक्षकका रुपमा शेरसिंह खत्री र टिम व्यवस्थापकमा लोकराज जोशीलाई चयन गरिएको संघले जनाएको छ । छनोट भएको टोलीले  कात्तिक २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रदेशस्तरिय छनौट प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । 

Atrya hospital

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ । उक्त टोलीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । 

नेपाल क्रिकेट संघको आयोजनामा मंसिर ४ गतेदेखि यु–१९ को राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । खेलाडीहरुले यसअघिका खेलमा देखाएको क्षमता अनुसार टोलीको छनौट गरिएको बैतडी जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष रमेश बोहराले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update