Sagun Khabar
दार्चुलामा एक पसलबाट प्रहरीले चरेश बरामद गर्यो 
फाइल फोटो

दार्चुला –दार्चुलामा प्रहरीले शुक्रवार ठूलो मात्रामा लागूऔषध (चरेश) बरामद गरेको छ।  जिल्लाको महाकाली नगरपालिका–४ तितरसैनस्थित एक पसलबाट करिब एक किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

बिक्री गर्ने उद्धेश्यले राखिएको अवस्थामा चरेश बरामद गरिएको हो । खुला सीमानाका कारण दार्चुलाबाट भारततर्फ अवैध लागूऔषध चरेश तस्करी हुने गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update