Sagun Khabar
बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजू पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा एक जेठाजू पक्राउ परेका छन् । २२ वर्षीया भाइबुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजूलाई प्रहरीले पक्राउ गरेको हो । 

चैत १२ गते बेलुकी भाइबुहारीलाई जेठाजूले जबरजस्ती करणी गरेको थियो । आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । 

पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर महिला सुरक्षित आवासगृहमा राखिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update