Sagun Khabar
नेपालले पीएनजीलाई ३७ रनले हरायाे

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयाे । 

बलिङतर्फ नेपालका करण केसीले ह्याट्रिक गर्दै पाँच विकेट लिए । करणले तीन ‌ओभर चार बलमा २१ रन दिएर पाँच विकेट लिएका हुन् । यस्तै साेमपाल कामी र अविनाश बाेहराले दुई/दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै राेहित पाैडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए ।  

बलिङतर्फ पीएनजीका कबुआ माेरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नाेरमन भानुआ र नाेसइना पाेकनाले एक/एक विकेट लिए ।  

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update