Sagun Khabar
कञ्चनपुरमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु, धामीझाँक्रीसहित ७ जना पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा फलामका रडहरु समेत भेटिएको प्रहरीले जानकारी दिएको छ । झारफुकको क्रममा महिला माथि कुटपिट गरि मृतकको शरिरबाट छाला निस्किएको समेत आशंका गरिएको छ । 

शुक्रबार महिलाको मृत्यु भएपछि धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले आज  धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ । झारफुक गराइरहेकी स्थानीय ४३ वर्षीया रञ्चुला साउदको मृत्यु भएको हो । अनुसन्धानका लागि भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामी धर्मानन्द भट्ट, भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्ट लगायत ७ जनालाई नियन्त्रणमा लिएको बताएको छ । 

महिलाको मृत्यु उनकै जेठानी नाता पर्ने स्थानीय कमला साउदको घरमा भएको थियो । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनााएको छ । मृतक महिला केही दिनदेखि बिरामी थिइन् । एकल महिला रहेकी मृतक साउदका दुई छोरी छन् । घटनाको थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update