Sagun Khabar
उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् । 

निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट आज मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी बनाएको आचारसंहिताविरुद्ध परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । 

आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update