Sagun Khabar
कञ्चनपुरमा श्रीमान–श्रीमति नै उम्मेदवार 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर – यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा श्रीमान श्रीमति नै चुनावी मैदानमा उत्रेका छन् ।  दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ को  वडासदस्य पदमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय चुनावी मैदानमा उत्रेका हुन् । 

सन्दिप नेकपा एमाले र कमला नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेर चुनावी अभियानमा जुठेका छन् । वडामा विजयी भए वडाको विकास गर्ने दुवैको चुनावी एजेण्डा रहेको छ । 

दुवै श्रीमान –श्रीमति चुनावी मैदानमा रहेका र उनीहरु दुवै आफूहरुले जित्ने दाबी गरिरहेका छन् । फरक पार्टी भए पनि उनीहरु एक–आपसमा सौहार्दतापूर्ण तरिकाले बसेको स्थानीयले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update