Sagun Khabar
बाजुरामा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर 

बाजुरा – बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गनुपरेको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–९ स्थित अगाउँपानीमा दुई दलका कार्यकर्ताबीच झडप भएको हो । 

समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । झडपमा ३ जना प्रहरीसहित काँग्रेसका कार्यकर्ता घाइते भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

झडपपछि समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेका थिए । उनीहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै काँग्रेसका कार्यकर्ताहरुले प्रहरी चौकी तोडफोड गरेका छन् । 

प्रहरीचौकीमा तोडफोड हुन थालेपछि प्रहरीले हवाई फायर समेत गरेको बाजुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update