Sagun Khabar
बाजुरामा कांग्रेस र एसका कार्यकर्ताबीच झडप : १६ प्रहरी सहित २१ जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा – बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच भएको झडपमा २१ जना घाइते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका ९ स्थित अगाउँपानीमा झडप भएको हो । 

झडपमा १६ प्रहरीसहित २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेपछि झडप भएको बताइएको छ । 

झडपपछि समाजवादीका कार्यकर्ताहरु प्रहरीचौकीमा पुगेका र उनीहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले प्रहरीचौकी तोडफोड गरेका छन् । स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर समेत गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update