Sagun Khabar
बैतडीमा काकाले भतिजाको हत्या गरेपछि गाउँ नै शोकमग्न 

बैतडी –शुक्रबार बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ मनकुडामा काकाले कोदालोले हिर्काएर भतिजाको हत्या गरेपछि अहिले गाउँ नै शोकमग्न भएको छ । समान्य खानेपानीको विवादलाई लिएर बिरबहादुर ऐरले भतिजा नाता पार्ने श्यामबहादुर ऐरको कोदालोले हानेर हत्या गरेका हुन् । 

पानीको विवाद मृत्यु सम्मको घटनामा परिणत भएको स्थानीयहरुले बताएका छन् । स्थानीयहरुका अनुसार दुवैजनाका श्रीमति लुगा धोईरहेका थिए । पानी कम भएपछि एकले अर्कालाई गालीगलौज गर्दा बिरबहादुरले श्यामबहादुरलाई कोदालोले हिर्काए । त्यसपछि उनी  सोही ठाउँमा ढले ।

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँको पानीको विवाद मान्छेको हत्यामा परिणत भएपछि अहिले गाउँ नै शोकमग्न भएको छ । मानिसहरुमा त्रास फैलिएका बताइएको छ । कल्पना नगरेको घटना भएपछि अहिले गाउँमा सन्त्रास फैलिएको स्थानीयहरुले बताएका छन् । गाउँमै समान्य विवादले मान्छेको ज्यान लिएपछि गाउँभरी त्रास फैलिएको छ ।

कोदालोले हिर्काउने बिरसिंह ऐरलाई शुक्रबार नै प्रहरीले नियन्त्रणमा लिईसकेको छ । उनीमाथि पक्राउ गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौं । दोषीमाथि कानुन अनुसार कारवाही हुन्छ ।’
 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update