Sagun Khabar
स्थानीय निर्वाचनका लागि दार्चुलामा वैशाख २७ गतेदेखि ३० गते सम्म सीमा नाका बन्द हुने 

दार्चुला –स्थानीय निर्वाचनलाई मध्यनजर गरेर दार्चुलामा भारतसंग सीमा जोडिएका नाकाहरु बन्द हुने भएका छन् । यही वैशाख २७ गते साँझ ७ बजेदेखि वैशाख ३० गते सम्म नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

शनिबार नेपाल –भारत सीमा समन्वय बैठकको सहमति अनुसार निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि भारतसंग जोडिएका नाका बन्द हुने प्रशासनले सूचना निकालेर जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update