Sagun Khabar
बैतडीमा मतदातामाथि कुटपीट, खुट्टाको हड्डी नै खुस्कियो 
फोटो : घाइते मोहन विक

बैतडी –बैतडीमा मतदान केन्द्रमै एकजना मतदातामाथि कुटपीट गरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका २ स्थित वासुदेव मावि लिस्किटा केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपीट भएको हो । 

कुटपीटबाट उनको दाँया खुट्टाको हड्डी खुस्किएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश लुहारले बताए । एमाले तथा राप्रपाका कार्यकर्ता मिलेर मोहनमाथि मतदान केन्द्रमै कुटपीट भएको उनले दाबी गरे । 

मतदान केन्द्रमा गएका बेला आफूलाई लखेटर लात्तीले हानेको घाइते मोहन विकले बताए । उनले भने ‘मलाई उनीहरुले पहिला पनि धम्की दिँदै आएका थिए । आज लात्ती हानेर भीरबाट खसाले ।’

Atrya hospital

स्थानीय एमालेका कार्यकर्ता विक्रम बिष्ट, दिनेश बिष्ट, हरजीत बिष्ट,संग्राम बिष्ट लगायतले आफूमाथि कुटपीट गरेको विकले बताए । 

कुटपीटबाट घाइते भएका मोहन विकलाई उपचारका जिल्ला अस्पताल लगिएको छ । कुटपीटमा संलग्न विक्रम बिष्ट, हरजीत बिष्ट, दिनेश बिष्ट र संग्राम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update