Sagun Khabar
स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्य, १० जना घाइते 

स्याङ्जा – स्याङ्जाको वालिङ–१४ को अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको  ग २ च ३०२६ नम्बरको जिप पर्वत जोड्ने सडकबाट झरेको हो । जिपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिए ।
उनीहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लगिएको छ ।

अहिले अन्य घाइतेहरुको उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update