Sagun Khabar
बैतडीको महेश्वरी मावि केन्द्रमा मतदान स्थगित 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं २ स्थित महेश्वर मावि न्वाघर केन्द्रमा मतदान स्थगित भएको छ । अर्कैको नामबाट मतदान भएको भन्दै विवाद भएपछि तत्कालका लागि मतदान स्थगित भएको पुर्चौंडी नगरपालिकाका निर्वाचन अधिकृत केवलीराम अधिकारीले जानकारी दिए । 

विवाद आएपछि अहिले सबै पक्ष छलफलमा जुटेका र छलफलपछि मतदान शुरु हुने उनले बताए । अर्काको नामबाट मतदान गर्ने व्यक्ति फरार रहेका बुझिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update