Sagun Khabar
बझाङको साइपालमा एमाले विजयी 

बझाङ –बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्  । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याए । 

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका  प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी भएका छन् । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन् । 

यस्तै,  वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडानम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update