Sagun Khabar
दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलामा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै  म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ । मृतक तीनै जना ग्वानीका स्थानीय हुन् । 

हाइस सडकबाट करीब ५ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । एमालेको विजय जुलुसका लागि कार्यकर्ता बोक्न हिँडेको हाइस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update