Sagun Khabar
दार्चुलाको दुहुँको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन् । कांग्रेस दार्चुलाका सचिव एबं गठबन्धनका साझा उम्मेदवार पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी भएका हुन् । 
अध्यक्षमा वडालले दुई हजार ८८६ मत प्राप्त गर्दा कार्कीले दुई हजार ७९६ मत प्राप्त गरे । 

यस्तै उपाध्यक्षमा भने कांग्रेसका शान्ति बम १२ मतान्तरले विजयी भएकी छिन् । बमले दुई हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार ताराकेशरी कुवँरले दुई हजार ८३१ मत प्रप्त गरिन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update