Sagun Khabar
दार्चुलाको मालिकार्जुनमा  एमालेका हिरासिंह धामी निर्वाचित, उपाध्यक्षमा माओवादी
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन्। ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन्। 

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन्।

३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन्।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update