Sagun Khabar
बाजुराको गौमुल एमालेमय, पालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा कांग्रेस पराजित
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा-बाजुराको गौमुल गाउँपालिकामा नेकपा एमालेका हरिबहादुर रोकाया अध्यक्ष र उपाध्यक्षमा सिता रोकाया (थापा) विजयी भएका छन्। रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएर विजयी भए भने काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजित भए। 

यस्तै उपाध्यक्ष सिताले ३ हजार १ सय ९४ मत ल्याएर काँग्रेसकी उमा रोकायालाइ पराजित गरेकी छन्। उमाले १७ सय ४४ मत ल्याएकी थिईन्। यस्तै गौमुल गाउँपालिकामा ६ वटै वडामा पनि एमालेले जितेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update