Sagun Khabar
कञ्चनपुर दोधाराचाँदनीको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी 

कञ्चनपुर –कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका हुन् ।  उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका छन् ।  लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत ल्याए । 

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार गंगादेवी जोशी विजयी भएकी छिन् ।  उनले ६ हजार ३६५ मत प्राप्त गरिन् ।  एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update