Sagun Khabar
कञ्चनपुरमा भत्कियो एमालेको गढ, वेदकोटमा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर – नेकपा एमालेले आफ्नो गढ मान्दै आएको कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । ०७४ सालमा एउटा वडामा मात्र सिमित भएको काँग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हो । 
नगरपालिकाको मेयरमा काँग्रेसका भोजराज बोहरा विजयी भएका छन् ।  उनी ८ हजार ७८ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४ हजार ७४० मत प्राप्त गरिन् । 

माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बमले १७५१ मत पाए । 

उपमेयरमा पनि काँग्रेसकै तुलशी जोशी विजयी भएकी छिन् । उनले ७ हजार २५४ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत र गठबन्धनबाट माओवादीकी हिरा जैशीले ३ हजार ६५२ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका अशोक चन्द र सुशिला सिंहसँग पराजित भएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update