Sagun Khabar
बझाङको सुर्मा गाउँपालिकामा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङको सुर्मा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका खडक बोहरा विजयी भएका छन् । उनी नेकपा एमालेका दिपक बोहरालाई ४९७ मतले पछि पार्दै विजयी भएका हुन् । 

यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै रमलाकुमारी मन्डेल पुजारा विजयी भएकी छिन् । उनी एमालेकी माता बोहरालाई १०६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । 

योसँगै काँग्रेसले बझाङका ६ ओटा पालिकामा जितेको छ । एमालेले ३ पालिका, माओवादी केन्द्रले २ पालिका र नेकपा एकीकृत समाजवादीले १ पालिकामा जित हाँसिल गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update