Sagun Khabar
दार्चुलाका नवनिर्वाचित पालिका प्रमुखले लिए शपथ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलाका ९ ओटै स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुखहरुले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरुलाई सपथ ग्रहण गराए । 

नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुले पालिकामै सपथ ग्रहण गर्नेछन् ।

दार्चुलाको दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तहको प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् । चार गाउँपालिका अध्यक्षमा नेकपा (माओबादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update