Sagun Khabar
बझाङका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन दलले कति पालिका जिते ? 

बझाङ –बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी) ले एक स्थानीय तहमा जित हासिल गरेको छ । 

कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । एमालेले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा जित हासिल गरेको छ । माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाँउपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै पालिकाको उपप्रमुख पदमा भने कांग्रेसले पाँच, एमालेले दुई,  माओवादी केन्द्रले तीन र समाजवादीले दुई स्थानीय तहमा जित हात पारेको छ । कांग्रेसले सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, एमालेले तल्कोट र साइपाल गाउँपालिका, माओवादी केन्द्रले खप्तडछान्ना तथा मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा जित हात पारेको छ । 

जिल्लाका ९४ वडामध्ये कांग्रेसले ३१, एमालेले २७, माओवादी केन्द्रले ११ र एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर आठ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update