Sagun Khabar
बैतडीका विद्यालयमा हावाहुरीले छाना उडाएपछि पठनपाठनमा समस्या 
फोटो : बैतडीको सिगास ४ स्थित देउलेक आधारभूत विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि

बैतडी –शुक्रबार साँझतिर आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा रहेका विद्यालय भवनमा क्षति पुर्याएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ३ स्थित गुजर माविको दुई कोठे भवन र तीन कोठेको शौचालयको छाना हावाहुरीले उडाएको स्थानीय जयन्ती अवस्थीले जानकारी दिइन् । 

विद्यालयको जस्तापाताले छाएको भवनको छानो उडाउँदा पठनपाठनमा समस्या भएको छ । यस्तै शौचालय भवनको समेत छानो उडाउँदा समस्या भएको उनले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै पाटन नगरपालिका ६ स्थित डाँडाबाग आधारभूत विद्यालयको छाना पनि हावाहुरीले उडाएको छ । विद्यालय भवनको छाना उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । 

यस्तै सिगास गाउँपालिका वडा नं ४ स्थित देउलेक आधारभूत विद्यालय भवनको छाना हावाहुरीले उडाएको छ । शुक्रबार आएको हावाहुरीले विद्यालयको ४ कोठे भवनको छाना उडाएको स्थानीय धनबहादुर धामीले बताए । जिल्लाका अन्य ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएका खबरहरु प्राप्त भईरहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update