Sagun Khabar
कञ्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी, मेयरमा ओझा र उपमेयरमा राना निर्वाचित 

कञ्चनपुर –कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका हेमराज ओझा १० हजार ४३४ प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत प्राप्त  गरे । 

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै द्रोपती रानाले विजयी भएकी छिन् ।  उनले ९ हजार ६७५ मत पाएकी छिन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी रमिता रानाले ७ हजार ३१६ मत पाइन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update