Sagun Khabar
कञ्चनपुर शुक्लाफाँटाको मेयरमा एमाले  र उपमेयरमा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्लाफाँटाको मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्पनाकुमारी जोशी निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार महरा ६ हजार ७ सय ७३ मत ल्याई विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार चिन्तामणि भट्टले ६ हजार २ सय ६४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका नवराज ऐरले ५ हजार २ सय २५ मत प्राप्त गरेका थिए । 

यस्तै, शुक्लाफाँटाको उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्पनाकुमारी जोशी ६ हजार ५ सय १९ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का उम्मेदवार माधवप्रसाद पन्तले ५ हजार ३ सय ६० मत ल्याए । मेयर जितेको एमाले उपमेयरमा भने तेस्रो स्थानमा रहेको छ । एमालेका उपमेयरका उम्मेदवार ५ हजार २ सय ३६ मत प्राप्त गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update